बिहीबार सुनको मूल्य घट्यो, चाँदीको मूल्य भने स्थिर


काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ । बुधबार स्थिर रहेको सुनको मूल्य बिहीबार तोलामा ५०० रुपैयाँले घटेको हो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख १४ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, बिहीबार चाँदी प्रतितोला २ हजार ५०५ रुपैयाँ कायम भएको छ । चाँदीको उक्त मूल्य बुधबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार ६३१.४१ अमेरिकी डलर र चाँदी प्रतिऔँस ४१.०५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  १० : ४५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।