काठमाडौं । जेनजी प्रतिनिधि सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच आज पनि वार्ता हुने भएको छ ।
बिहीबारको वार्तामा संसद् विघटन नगरी अन्तरिम सरकार बनाउने वा संसद विद्दटन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको थिएन ।
बिहीबारको वार्ता निष्कर्षमा नपुगेपछि आज पुनः वार्ता हुन लागेको हो । जेन्जी प्रतिनिधि कार्कीले संसद् विघटन नगरी नयाँ सरकार बन्न नसक्ने बताएकी थिइन् । तर, राष्ट्रपतिले संसद् विघटन नगरी चुनावी सरकार बनाउनुपर्ने बताएका थिए ।










प्रतिक्रिया