काठमाडौं । आज बिहान ९ बजेका लागि तय भएको छलफल कार्यक्रम केही घण्टाका लागि स्थगित भएको छ । अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्ति प्रक्रियाबारे राष्ट्रपति निवासमा गर्ने भनिएको छलफल सरेको हो ।
वार्तामा रहेकाहरुले आ–आफ्नो पक्षमा आन्तरिक छलफल गर्नुपर्ने भएकाले छलफल सारिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले गएराति अबेरसम्म पनि विभिन्न पक्षसँग छलफल गरेका थिए ।










प्रतिक्रिया