नवलपरासी कारागारमा १९ कैदी फर्किए


नवलपरासी । नवलपरासी कारागारबाट निस्केका कैदी कारागार फर्किन थालेका छन् ।

कारागारका जेलर विकल श्रेष्ठका अनुसार बुधबार कारागारबाट निस्किएका मध्ये १९ कैदी कारागार फर्किसकेका जेलर श्रेष्ठले बताए । “केही कैदीले फोन सम्पर्क गरेर हामी कारागार फर्किदै छौँ भनेर जानकारी गराएका छन्”, उनले भने ।

कतिपय कैदी टाढासम्म पुगिसकेकाले सवारीसाधन नचलेर उनीहरु आउन ढिलाइ भएको जेलर श्रेष्ठले भने । बुधबार नवलपरासी कारागारबाट ५४३ कैदी भागेका थिए । नवलपरासी कारागारमा कूल ५७५ कैदी थिए ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  १२ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।