काठमाडौँ । अन्तरिम सरकार गठनका लागि शीतलनिवासमा सहमति जुटेको छ । लगातार भएको छलफलपछि संसद विघटन गर्ने सहमति जुटेको हो ।
अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गर्ने छिन् । संसद विघटनलगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ । उनी नेतृत्वको मन्त्रिपरिषद्मा सुरुमा तीन सदस्य हुनेछन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।










प्रतिक्रिया