महाकाली राजमार्ग खुल्यो, सिल्लेगडा–पुर्चौडी सडक अवरुद्ध


बैतडी । पहिराले अवरुद्ध महाकाली राजमार्ग खुलेको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–५ सलसेनामा गएराति पहिरोले सो राजमार्ग अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बल्देव बडूले अवरुद्ध महाकाली राजमार्ग खुलेको जानकारी दिए। पहिरो गएको स्थानमा जोखिम भने कायमै रहेको बताइएको छ । यसअघि गत मङ्गलबार पनि उक्त ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

यस्तै लगातारको वर्षाले पहिरोले सिल्लेगडा–कालागाउँ–पुर्चौंडी सडक तीन दिनदेखि अवरुद्ध रहेको छ । उक्त सडकखण्ड अन्तरर्गत दोगडाकेदार गाउँपालिका–२ को डाँडाइजर भन्ने ठाउँमा पहिरो खसेको रौलेश्वर मावि कफलकोटका प्राधानाध्यापक नरेन्द्र भाटले जानकारी दिए। गत मङ्गलबार पहिरो खसेको र लगातारको वर्षाले पहिरो खस्ने क्रम जारी रहेको छ । सडक अवरुद्ध हुँदा सवारीसाधन पूर्णरुपमा बन्द हुनुका साथै पैदल हिँड्नसमेत जोखिम भएको छ । स्थानीयहरुले पहिरो पन्छ्याउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।