टिभीएसले नेपालमा दुई नयाँ मोटरसाइकल सार्वजनिक गर्दै आफ्नो उपस्थिति सुदृढ बनायो


काठमाडौँ । विश्वभर दुई पांग्रे तथा तीन पांग्रे सवारीसाधन निर्माणमा अग्रणी कम्पनी टिभीएस मोटर कम्पनीले नेपालमा दुई नयाँ मोटरसाइकल टिभीएस अपाचे आरटीआर १६० २भी एफआई र टिभीएस रेडर आइगो को भव्य शुभारम्भ गरेको छ। यी दुवै नयाँ मोडेलहरू अत्याधुनिक प्रविधि, आक्रामक डिजाइन र उत्कृष्ट सवारी अनुभवका साथ नेपाली बजारमा प्रवेश गरेका छन्।

अपाचे सिरिजअन्तर्गतको टिभीएस अपाचे आरटीआर १६० २भी एफआई लाई रेसिङ्ग परम्परासहित तयार पारिएको छ। यसमा डुअल डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, कनेक्टेड डिजिटल क्लस्टर, एएचओ एलईडी हेडलाइट र अर्बन, स्पोर्ट र रेन नामक तीनवटा सवारी मोडहरू उपलब्ध छन्। यसले तीव्र गति र सुरक्षाको संयोजन गर्दै रोमाञ्च प्रेमी तथा दैनिक प्रयोगकर्ताहरूलाई लक्षित गरेको छ।

त्यस्तै, युवापुस्तालाई केन्द्रित गर्दै सार्वजनिक गरिएको टिभीएस रेडर आइगो मा टीएफटी डिजिटल क्लस्टर, स्टार्ट–स्टप प्रविधि, स्प्लिट सिट, स्टाइलिस डिजाइन र सन्तुलित सवारी अनुभव जस्ता विशेषता छन्। यसले कम्युटर सेग्मेन्टमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ।

टिभीएस अपाचे आरटीआर १६० २भी एफआई तीन रंग – म्याट ब्लु, रेसिङ्ग रेड र ब्ल्याकमा उपलब्ध हुनेछ। टिभीएस रेडर आइगो नार्डो ग्रे र विकेड ब्ल्याक रंगमा सार्वजनिक गरिएको छ। शुभारम्भ समारोहमा टिभीएस मोटर कम्पनीका वरिष्ठ उपाध्यक्ष राहुल नायकले नेपाली ग्राहकको प्रविधिप्रेम र स्टाइलप्रतिको मोहलाई सम्मान गर्दै यी मोडेलहरू उत्कृष्ट रोजाइ बन्ने विश्वास व्यक्त गरे।

नेपालमा टिभीएसका ६० भन्दा बढी बिक्री केन्द्र र २६ सेवा केन्द्रमार्फत यी मोटरसाइकलहरूको सेवा उपलब्ध हुनेछ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  ०९ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।