मनोज सिलवालले सम्हाले विद्युत प्राधिकरणको जिम्मेवारी


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले पदभार ग्रहण गरेका छन् ।

जेन–जी आन्दोलनपछि ऊर्जा मन्त्री बनेका कुलमान घिसिङले प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएर सिलवाललाई नियुक्त गरेका हुन् ।

सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गुम्बाका स्थायी बासिन्दा सिलवाल २०५१ सालमा प्राधिकरणमा पाँचौँ तहबाट सेवा प्रवेश गरेका थिए । उनी १२ औ तह (एमडी) भएपछि २०८१ माघमा प्राधिकरणबाट अवकाश भएका थिए ।

प्राधिकरणमा वितरण तथा ग्राहक सेवा निर्देशनालयमा बसेर काम गरेका सिलवाल इन्जिनियर हुन् । घिसिङसँग निकट सम्बन्ध राखेका उनलाई घिसिङले मन्त्री बनेसँगै कार्यकारी निर्देशकमा नियुक्त गराएका हुन् ।

प्रकाशित मिति: ७ आश्विन २०८२, मंगलबार  १६ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।