काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना


कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका १ उमरिचोकस्थित पूर्व पश्चिम राजमार्गमा काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको बस दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंह अनुसार काठमाडौँबाट नेपालगन्जतर्फ जाँदै गरेको ग १ ख ९७०० नम्बरको बस उमरिचोकमा दुर्घटना भएको हो ।

बसमा सवार ३५ जना यात्रुमध्ये १० घाइते भएको उनको भनाइ छ । घाइतेको चन्द्रौटास्थित सन्जिवनी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक सिंहले बताए। बस अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टेको हो । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  ०८ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।