हालसम्मकै उच्च मूल्यबाट घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च मूल्यबाट घटेको छ । आज सुनको मूल्य तोलामा १७ सय रुपैयाँले र चाँदी तोलामा १५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख २१ हजार ३०० रुपैयाँ कायम भएको छ । बुधबार प्रतितोला सुनको मूल्य २ लाख २३ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार ६८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी २ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ७३८.७७ अमेरिकी डलर र चाँदी ४३.९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।