काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निम्नानुसार छ ।
गोलभेँडा ठूलो नेपाली प्रतिकेजी ६५ रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ५२ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ६५ रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ४५ रुपैयाँ, आलु रातो प्रतिकिलो ५२ रुपैयाँ, आलु रातो (भारतीय) प्रतिकिलो ३६ रुपैयाँ, आलु रातो (मुडे) प्रतिकिलो ४५ रुपैयाँ, आलु सेतो प्रतिकेजी ४० रुपैयाँ, प्याज सुकेको भारतीय प्रतिकिलो ४४ रुपैयाँ, गाजर (लोकल) प्रतिकिलो १२५ रुपैयाँ, गाजर (तराई) प्रतिकिलो ११० रुपैयाँ, लोकल बन्दा प्रतिकिलो ५५ रुपैयाँ, काउली स्थानीय प्रतिकिलो ८० रुपैयाँ, रातो मूला प्रतिकेजी ५५ रुपैयाँ, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५० रुपैयाँ, भन्टा लाम्चो प्रतिकिलो ३० रुपैयाँ, भन्टा डल्लो प्रतिकिलो ४० रुपैयाँ, तने बोडी प्रतिकिलो १४० रुपैयाँ, मकै बोडी प्रतिकिलो ११० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, घिउ सिमी (लोकल) प्रतिकिलो १४० रुपैयाँ, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो १२० रुपैयाँ, घिउ सिमी (राजमा) प्रतिकेजी २०० रुपैयाँ, टाटे सिमी प्रतिकिलो ७० रुपैयाँ, भटमास कोसा प्रतिकिलो ११० रुपैयाँ, तीतो करेला प्रतिकिलो ७० रुपैयाँ, लौका प्रतिकिलो ७० रुपैयाँ, परबर (लोकल) प्रतिकिलो ७५ रुपैयाँ, परबर (तराई) प्रतिकिलो ७५ रुपैयाँ, चिचिण्डो प्रतिकिलो ४५ रुपैयाँ, घिरौँला प्रतिकिलो ८५ रुपैयाँ, झिगुनी प्रतिकिलो ९० रुपैयाँ, फर्सी पाकेको प्रतिकिलो ७५ रुपैयाँ, फर्सी हरियो (लाम्चो) प्रतिकिलो ६० रुपैयाँ, हरियो फर्सी (डल्लो) प्रतिकिलो ४० रुपैयाँ, सलगम प्रतिकिलो १०० रुपैयाँ, भिण्डी प्रतिकिलो ७० रुपैयाँ कायम गरिएको छ ।
त्यसैगरी, सखरखण्ड प्रतिकेजी १०० रुपैयाँ, बरेला प्रतिकेजी १०० रुपैयाँ, पिँडालु प्रतिकिलो ८० रुपैयाँ, स्कूस प्रतिकिलो २५ रुपैयाँ, रायोसाग प्रतिकिलो ११० रुपैयाँ, पालूगो साग प्रतिकेजी १०० रुपैयाँ, चमसुर प्रतिकेजी २०० रुपैयाँ, तोरीको साग प्रतिकिलो ६५ रुपैयाँ, हरियो प्याज प्रतिकिलो ८० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो २८० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ४०० रुपैयाँ, कुरिलो प्रतिकिलो ४०० रुपैयाँ, निगुरो प्रतिकिलो ८० रुपैयाँ निर्धारण गरिएको छ ।
ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ७० रुपैयाँ, सजीवन प्रतिकिलो २१० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो १०० रुपैयाँ, सेलरी प्रतिकिलो २०० रुपैयाँ, पार्सले प्रतिकिलो ७५० रुपैयाँ, सौफको साग प्रतिकिलो २५० रुपैयाँ, पुदिना प्रतिकिलो ७०० रुपैयाँ, इमली प्रतिकिलो १८० रुपैयाँ, तामा प्रतिकिलो १२० रुपैयाँ, तोफु प्रतिकिलो १५० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३०० रुपैयाँ तोकेको छ ।
समितिले स्याउ (झोले) प्रतिकिलो २५० रुपैयाँ, स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, केरा (दर्जन) १३० रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ, अनार प्रतिकिलो ३५० रुपैयाँ, सुन्तला (भारतीय) प्रतिकेजी १६० रुपैयाँ, तरबुजा हरियो प्रतिकिलो ७५ रुपैयाँ, मौसम प्रतिकिलो १६० रुपैयाँ, जुनार प्रतिकिलो २६० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५५ रुपैयाँ, नास्पाती (लोकल) प्रतिकिलो ९० रुपैयाँ, नास्पाती (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, मेवा (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, अम्बा प्रतिकिलो ९० रुपैयाँ र लप्सी प्रतिकिलो ६० रुपैयाँ, किबी प्रतिकिलो ३०० रुपैयाँ, सरिफा प्रतिकिलो १२० रुपैयाँ र आभोकाडो प्रतिकिलो ३५० रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी, अमला प्रतिकिलो ८० रुपैयाँ, अदुवा प्रतिकिलो १२० रुपैयाँ, सुकेको खुर्सानी प्रतिकिलो ४०० रुपैयाँ, खुर्सानी हरियो प्रतिकिलो ५० रुपैयाँ, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो ४० रुपैयाँ, खुर्सानी हरियो (माछे) प्रतिकिलो ९० रुपैयाँ, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो २५० रुपैयाँ, भेडे खुर्सानी प्रतिकिलो ११० रुपैयाँ, लसुन हरियो प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ प्रतिकिलो १२० रुपैयाँ, लसुन सुकेको (चाइनिज) प्रतिकिलो २२० रुपैयाँ, लसुन सुकेको (नेपाली) प्रतिकिलो १६० रुपैयाँ, छ्यापी सुकेको प्रतिकिलो २०० रुपैयाँ, छ्यापी हरियो प्रतिकिलो २०० रुपैयाँ, माछा सुकेको प्रतिकिलो १ हजार रुपैयाँ, ताजा माछा (रहु) प्रतिकिलो ३४० रुपैयाँ, ताजा माछा (बचुवा) प्रतिकिलो २८० रुपैयाँ, ताजा माछा (छडी) प्रतिकिलो २३० रुपैयाँ, रूख टमाटर प्रतिकिलो २०० रुपैयाँ, राजा च्याउ प्रतिकिलो ३०० रुपैयाँ र सिताके च्याउ प्रतिकेजी १ हजार रुपैयाँ निर्धारण गरिएको छ ।












प्रतिक्रिया