काठमाडौँ । मंगलबार सुनको भाउ प्रतितोला २ लाख ३५ हजार नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३५ हजार ४०० रुपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै उच्च हो ।
सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा २ हजार ३०० रुपैयाँ बढेको हो । सोमबार प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ थियो ।
विगत एक महिनामा सुनको भाउ २५ हजार रुपैयाँ बढेको छ । भदौ २१ गते सुनको भाउ प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँ थियो ।
यता, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । चाँदीको उक्त मूल्य सोमबार कायम भएको मूल्यलाई निरन्तरता दिइएको हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९७२.२६ अमेरिकी डलर र चाँदी ४८.५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया