यस्ता छन मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले दिएका पाँच अफर

0
Shares

नेपाल राष्ट बैंकले बुधबार चालु आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. चिरञ्जीवि नेपालले मौद्रिक नीतिमा विग मर्जरमा जाने बैंकहरुलाई वम्पर सुविधा दिएका छन् ।

वाणिज्य बैंक एक आपसमा गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा संलग्न भएर ०७७ असार मसान्तभित्र एकीकृत कारोबार संचालन गरेमा पाउने सुविधा यस्ता छन्

 १.कृषि,उर्जा र पर्यटन क्षेत्रमा तोकिएको कर्जा पुर्याउनुपर्ने अवधि २०७८ असार मसान्तसम्म कायम गरिने

 २. कर्जा र निक्षेपत्रीचको ब्याजदर अन्तर ४.४ प्रतिशत कायम गर्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने

 ३. शाखा विस्तार गर्न यस बैंकको स्वीकृति लिनुनपर्ने

 ४.संचालक समिति सदस्य,प्रमुख कार्यकारी अधिकृत तथा नायब प्रमुख कार्यकारी अधिकृत पदबाट हटेको  कम्तिमा ६ महिना व्यतित नभई यस बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा संचालक वा अन्य कुनैपनि हैसियतमा काम गर्न नपाउने विद्यमान प्रावधान लागु नहुने

 ५.चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नुपर्ने अवधि २०७८ असार मसान्त कायम गरिने