अर्थमन्त्री खनाल र जाइकाका उपाध्यक्षबीच नेपालका परियोजनाको प्रगतिका विषयमा छलफल


काठमाडौँ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र जापान इन्टरनेशनल कोअपरेशन एजेन्सी (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा सोईबीच मङ्गलवार भेटवार्ता भएको छ ।

त्यस अवसरमा जाइकाले नेपालमा सञ्चालन गर्दै आएको विभिन्न परियोजनाको प्रगति र चासोको विषयमा छलफल भएको थियो । भेटमा अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मी, दूतावासका प्रतिनिधिहरु, मन्त्री खनालका भ्रमणदलका सदस्य तथा जाइकाका अन्य कर्मचारीहरुको समेत सहभागिता थियो ।

विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन गएका मन्त्री खनालले साइडलाइन भेटघाटअन्तर्गत जाइकाका उपाध्यक्षसँग भेटवार्ता गरेको वासिंटन डिसीस्थित राजदूतावासले जनाएको छ ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  ०६ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।