काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा ४०० रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला सुनको मूल्य २ लाख ४८ हजार ९०० रुपैयाँ कायम भएको छ । जुन हालसम्मकै उच्च मूल्य हो । मंगलबार सुन प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
यता, बुधबार चाँदीको मूल्य भने घटेको छ । बुधबार चाँदी तोलामा ८५ रुपैयाँले घटेको हो । बुधबार चाँदी प्रतितोला ३ हजार २४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । मंगलबार प्रतितोला चाँदी ३ हजार ३२५ रुपैयाँमा खरिदबिक्री भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार १८१.०८ अमेरिकी डलर र चाँदी ५२.२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया