तिहारको तयारी भेटायोसँग – अब झिलिमिली लाइट पनि रेन्टलमा


काठमाडौँ । उज्यालो र खुशीको पर्व तिहार नजिकिँदै गर्दा घर सजाउने जोसजमिन तीव्र बन्दै गएको छ। यही अवसरलाई मध्यनजर गर्दै भेटायोले ल्याएको छ “झिलिमिली लाइट्स रेन्टल प्याकेज”, जसले तपाईंको घर उज्यालो पार्ने जिम्मा पूरा गर्छ।

तिहारमा घरघर झिलिमिली बत्तीले सजाउने चलन हरेक वर्ष बढ्दै गएको छ। तर, बत्ती किन्ने, जोड्ने र पछि फुकाल्ने झन्झट भने उस्तै। अब भने भेटायोले यो समस्या समाधान गरेको छ — सजिलो र झन्झटमुक्त झिलिमिली प्याकेजका साथ।

६१०० रुपैयाँ बाट सुरु हुने यस प्याकेजमा २०, ४०, ६० वा ८० लाइट्स रोज्न सकिन्छ। प्याकेजमा इन्स्टलेसन, टेप, वायर, जडान शुल्क र डिसम्यान्टलिङ्ग सबै समावेश गरिएको छ। ग्राहकले केवल आफ्नो मनपर्ने लाइट छनोट गर्नुपर्छ, बाँकी सबै व्यवस्था भेटायोले गर्छ।

यदि तपाईंसँग पहिले नै लाइट्स छन् भने पनि भेटायोका अनुभवी इलेक्ट्रीसियनहरूले प्रति स्ट्रिप ११० रुपैयाँमा सुरक्षित रूपमा जडान सेवा प्रदान गर्छन्।

त्यति मात्र होइन, तिहारअघि घर सफा गर्न, कपडा धुन, वा प्लम्बिङ मिलाउन चाहनेका लागि पनि भेटायोले विशेष अफर ल्याएको छ। क्लिनिङ, लन्ड्री, प्लम्बिङ र अन्य सेवाहरूमा छुटसहित सेवा लिन सकिन्छ।

प्रकाशित मिति: २९ आश्विन २०८२, बुधबार  ११ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।