मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन


काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंकको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले बैंकको १३.५३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३८३ रुपैयाँ ६० पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो।   बिहीबार दोस्रो बजारमा बैंकको शेयर प्रतिकित्ता ४३५ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी आइतबार दोस्रो बजारमा बैंकको शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: ३१ आश्विन २०८२, शुक्रबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।