काठमाडौँ । लक्ष्मी पूजाको दिन स्थानीय बजारमा सुनको मूल्य बढेको छ । आज सोमबार लक्ष्मी पुजाको दिन सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ५०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला चाँदी ३ हजार २७५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २४३.४७ अमेरिकी डलर र चाँदी ५१.०८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया