शेयर बजार परिसूचक नेप्से हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ ।
अघिल्लो दिनको उच्च रेकर्ड तोड्दै पुस २३ गते विहीबार नेप्से १५.९१ विन्दुले बढेर हालसम्मकै उच्च २१९४.४८ विन्दुमा पुगेको हो । अघिल्लो दिनमात्र नेप्से २१७८।५७ विन्दुमा पुगेर उच्च रेकर्ड कायम गरेका थियो ।
साताको अन्तिम कारोबार दिन बिहीबारको बजारमा २०८ कम्पनीको एक करोड १७ लाख बढी कित्ता शेयर ५ अर्ब ८७ करोड ४७ लाख बराबरमा किनबेच भएको छ । बुधबार ४ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यसदिन कारोबारमा आएका अन्य बाहेक सबै उपसमुहका सूचक सकारात्मक रहेका छन् । यसदिन प्रभु बैंकको सबैभन्दा धेरै ३१ करोड बढीको शेयर किनबेच भयो । यसदिन मल्टिपर्पोज फाइनान्स, मिर्मिरे माइक्रोफाइनान्स, आइएमई जनरल इन्स्योरेन्स, नारायणी डेभलोपमेन्ट बैंक र प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
बिहीबारको बजारमा कमाउने र गुमाउने यी हुन् शीर्ष दश कम्पनी
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया