राधी विद्युत कम्पनीले पायो हकप्रद निष्काशनको अनुमती


काठमाडौँ । राधी विद्युत कम्पनीले हकप्रद शेयर निष्काशनको अनुमती पाएको छ । विद्युत नियमन आयोगले कम्पनीलाई ६९.८९ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.६९८९ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ८३ करोड ८९ लाख ७९ हजार ३१६ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रकाशित मिति: ९ कार्तिक २०८२, आइतबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।