काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले समाजिक सञ्जालको चर्काे विरोधका कारण खगेन्द्र सुनारलाई मन्त्री नबनाउने निर्णय गरेकी छन् । विवादित छविका कारण प्रस्तावित मन्त्रीको सुचीबाट खगेन्द्र सुनाको नाम हटाइएको हो ।
प्रधानमन्त्री कार्कीले सुरुमा सुनारलाई मन्त्री बनाउने तयारी गरेपनि उनी दुईओटा मुद्दामा फरार अभियुक्त भएको सार्वजनिक भएपछि उनको नाम हटाइएको हो । यसअघि शीतल निवानमा चार जना मन्त्रीको नाम सिफारिस गरिएकोमा सुनारको नाम हटाइको जानकारी प्रधानमन्त्री कार्यालयले शीतल निवासलाइ गराएको छ ।
सुनार विरुद्ध विभिन्न आपराधिक मुद्धा रहेको भनेर सामाजिक सञ्जालमा उनको नामलाई लिएर विरोध भएपछि प्रधानमन्त्री उनको नाम हटाउन बाध्य भएकी हुन् । सुनार विद्युतीय कारोबार र चिकित्सकमाथि हातपात तथा स्वास्थ्य संस्था तोडफोडको मुद्धामा फरार अभियुक्त रहेको पाइएको छ ।










प्रतिक्रिया