सुनको मूल्य तोलामा २ हजार घट्यो


काठमाडौँ । सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुन तोलामा २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार प्रतितोला चाँदी ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०६९.९५ अमेरिकी डलर र चाँदी ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८२, सोमबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।