सरकारले राजनीतिक दलसँग किन गर्दैछ वार्ता ?


काठमाडौं । सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्ने भएको छ । सरकारले प्रतिनिधि सभा निर्वाचनको विषयमा त्रिपक्षीय बैठक आयोजना गर्न लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ४ बजे हुने बैठकका लागि सरकारले राजनीतिक दल र जेनजी समूहलाई आमन्त्रण गरेको छ ।

यसअघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  ०८ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।