रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन उच्च अदालत पाटनको अस्वीकार


काठमाडौं । उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

रिलायन्स स्पिनिङ मिल्सले प्राधिकरणले गरेको विद्युत् आपूर्ति अवरोधसम्बन्धी निर्णयविरुद्ध अदालतमा निवेदन दर्ता गर्दै अन्तरिम आदेशको माग गरेको थियो । अदालतले तत्काल अन्तरिम आदेश नदिने निर्णय गरेको हो ।

अदालतले यस विषयमा आगामी कात्तिक १९ गते विपक्षी नेपाल विद्युत् प्राधिकरणसँग छलफल गरी निर्णय गर्ने आदेश दिएको छ । न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले मंगलबार मिल्सको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  ०९ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।