सोलुको लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल


सोलुखुम्बु । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ । लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताए । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पुष्टि गरे।

पाइलट खड्कालाई कैलास एयरको हेलिमार्फत लुक्ला ल्याइएको डिएसपी कुँवरले बताए । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण विहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए ।

प्रकाशित मिति: १२ कार्तिक २०८२, बुधबार  १० : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।