काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातले नेपालको पूर्वी र मध्य भू–भागमा मौसम बदली र वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार बिहिबार देखि शनिबार बिहानसम्म कोशी, मधेश र वागमती प्रदेशको मौसम प्रभावित हुने देखिएको हो । विभागका अनुसार यी प्रदेशका धेरैजसो स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । यस्तै मध्य पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारी हिमपातको सम्भावना रहेको छ ।
कोशी, मधेस र बागमती प्रदेशका अधिकांश नदीहरूमा पानीको बहाव बढ्ने र केही नदीहरूमा आकस्मिक बाढीको सम्भावना पनि रहेकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।
विभागका अनुसार ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, तेह्रथुम, पाँचथर, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, पर्सा, बारा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली, रामेछाप, काभ्रेपलान्चोक, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु र आसपासका जिल्ला भई बग्ने स(साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढी आउन सक्ने महाशाखाले जनाएको छ ।
चक्रवातका कारण यी जिल्ला भएर बग्ने नदीहरुमा पानीको बहाव बढ्ने मौसमविद् विभुती पोखरेलले जानकारी दिए । विशेषगरी कोशी कन्काई महाभारत क्षेत्रकानदीहरुमापानीको सतह बढ्ने मौसमविद्पोखरेलको भनाई छ । साथै उनले उक्त अवधिमा सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन् । विशेष गरी भारी वर्षा र हिमपातको सम्भावना रहेका क्षेत्रका बासिन्दालाई थप सावधान भएर बस्न मौसमविद्ले अनुरोध गरेका छन् ।
राष्ट्रिय विपत जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले पनि मोन्था चक्रवातको असरलाई मध्यनजर गर्दै आवश्यक सम्पुर्ण पुर्व तयारी गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ती महतका अनुसार मनसुन समयको पूर्वतयारी यथावत अवस्थामा राखिएको छ । प्रवक्ता महतका अनुसार दशैंतिहारको बिचमा देशभरि भएको भारी वर्षाको समयमा खटाइएको जनशक्ति र आवश्यक पुर्व तयारीमा सामग्रीहरु विभिन्न स्थानहरुमा अहिले पनि तयारी अवस्थामा राखिएको छ । मौसम विभागसँग छलफल गरेर विभिन्न माध्यबाट सहकार्यको काम भईरहेको महतले जानकारी दिइन् । प्राधिकरणले मौसम कमाण्ड फोर्स गठन गरेर काम गरिरहेको उनले जानकारी दिईन् ।
स्थानीय प्रशासनसँगको सहकार्यमा विभिन्न स्थानहरुमा यातायात बन्द गर्ने काम भइरहेको जनाएको छ । स्थानीय प्रशासनले अवस्थाको मूल्यांकन गरी निर्णय दिन सक्ने व्यवस्था गरिएको छ । सोहि निर्णय बमोजिम नै इलाम प्रशासनले मेची राजमार्ग बन्द गरेको उनले जानकारी दिइन् । साथै प्राधिकरणले विभिन्न ट्रेकिङ एजेन्सी स्थानीय प्रशासनलाई निर्देशन दिएर हिमाली क्षेत्रमा टे«किङमा जान नदिन भनेको उनले जानकारी दिइन् । चक्रवातको प्रभाव सुरु नहुँदै यात्रामा निस्केकोहरुलाई पनि उद्धार गरेर सुरक्षित स्थानमा पु¥याइसकिएको महतले जानकारी दिइन् ।
मौसम विभाग र प्राधिकरणले सबै नागरिकलाई यस अवधिभरी सचेत रहन, आवश्यक तयारी गर्न र कुनै पनि विपद्को सुचना प्राप्त भएमा तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ ।












प्रतिक्रिया