सरकारी कार्यालय खुल्ने समय छोटियो


काठमाडौँ । आजदेखि कार्यालय समय घट्ने भएको छ ।

सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।

प्रकाशित मिति: १६ कार्तिक २०८२, आइतबार  ०७ : २५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।