एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त


काठमाडौँ। एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।

सोमबार बिहान बसेको सञ्चालक समितिकाे ७३६ औं बैठकले बैठकले शाक्यलाई चार वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । यसअघि असोजमा एनआईसी एसियाबाट रोशनकुमार न्यौपानेले कार्यकाल १३ महिना बाँकी रहँदै पदबाट राजीनामा दिएका थिए ।

ललितपुर पुल्चोकका स्थानीय शाक्यले आगामी ३० दिनभित्र कार्यभार सम्हाल्ने बैंकले जनाएको छ । शाक्यले हाल नबिल बैंकमा सिनियर डेपुटी सीईओका रुपमा कार्यभार सम्हालेका छन् । बैंकिङ क्षेत्रमा उनले करिब ३ दशकको अनुभव संगालेका छन् ।

प्रकाशित मिति: १७ कार्तिक २०८२, सोमबार  १२ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।