एनएमबि माइक्रोको नाफा ८६ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो

0
Shares

एनएमबि माइक्रोफाइनान्सले गत आर्थिक वषमा ६ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ८६.४५ प्रतिशत अर्थात २ करोड ८२ लाख रुपैयाँले बढी हो।  अघिल्लो आर्थिक वर्ष माइक्रोफाइनान्सले ३ करोड २७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

१ अर्ब ९६ करोड २ लाख रुपैयाँ सापटी र एक अर्ब ८ करोड ८२ लाख रुपैयाँ निक्षेप संकलन गरेको कम्पनीले ३ अर्ब ७ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट २० करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सको निष्कृय कर्जा २.५९ बाट झरेर २.०२ प्रतिशतमा झरेको छ । माइक्रोफाइनान्सको प्रति शेयर आम्दानी ३७ रुपैयाँ ६४ पैसा, प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४६ पैसा र मूल्य आम्दानी अनुपात २६..३० गुणा बढी छ ।

१६ करोड २० लाख रुपैयाँ चुक्ता पूँजी रहेको माईक्रोफाइनान्सको जगेडा कोषमा १४ करोड ३३ लाख रुपैयाँ सञ्चित छ ।