लापसे र मापसे सेवन गरी बिधालयको सवारीसाधन चलाउने ९ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा भएको चेकिङमा लागु पदार्थ सेवन गरी सवारी साधन चालाउने ४ जना चालक र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

मादक पदार्थ सेवन गरि सार्वजनिक भाडाका सवारी साधन चलाउने २ जना, स्कुल बसका चालक २ जना र माईक्रो बसका चालक १ जना गरी जम्मा ५ जना चालक र लागुऔषध सेवन गरी सवारी साधन चलाउदै गरेका भाडा बसका ४ जना चालकलाई ट्राफिक प्रहीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा आएका चालकलाई आवश्यक अनुसन्धानको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।