जनसेवी लघुवित्तको नाफा र जगेडाकोषमा उच्च वृद्धि

0
Shares

जनसेवी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा एक करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेकोे छ ।

जुन अघिल्लो वर्षको २७९.५७ प्रतिशत बढी हो । अघिल्लो वर्ष संस्थाले ३८ लाख रुपैयाँ मात्र खुद नाफा गरेका थियो । संस्थाको सञ्चालन मुनाफा ६ करोड २९ रुपैयाँ छ ।

यस अवधिमा ३१ करोड ९७ लाख सापटी लिई ६६ करोड १० लाख रुपैयाँ ऋण प्रवाह गरेको संस्थाले समीक्षा अवधिमा ४ करोड ८८ लाख खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

संस्थाको चुक्ता पुँजी १४ करोड ४३ लाख रुपैयाँ रहेको छ । संस्थाले जगेडा कोष अघिल्लो वर्षको तुलनामा ३३८.७० प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष ४३ लाख २० हजार जगेडा कोषमा रहेकोमा यस अवधिमा १ करोड ८९ लाख रुपैयाँ पुगेको छ ।