वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ‘६ प्रतिशत राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्र २०८९’ को धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

बैंकले १ हजारका दरले ३० लाख कित्ता बरारबर हुन आउने रकम ३ अर्ब रुपैयाँ बराबरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मा कुमारी क्यापिटललाई दिएको हो ।

आज राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा सो सम्बन्धमा सम्झौता भएको छ  । उक्त सम्झौतामा वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार वाणिज्य बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नेछ । सोमध्यको ६० प्रतिशत अर्थात् १८ लाख कित्ताले हुन आउने १ अर्ब ८० करोड रुपैयाँ बराबरको रकम संस्थागत तथा व्यक्तिगत रूपमा तथा  ४० प्रतिशत अर्थात् १२ लाख कित्ताले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको रकम सर्वसाधारणका लागि निष्काशन गरिने बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए।

प्रकाशित मिति: २० कार्तिक २०८२, बिहिबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।