जीवन बीमा कम्पनीहरुको व्यापार बढ्यो, कुन कम्पनीले कति गर्यो संकलन ?


काठमाडौँ । आर्थिक वर्ष २०८२\ ८३ को असोज महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब बीमाशुल्क संकलन गरेका छन् । बीमा कम्पनीहरुले १ करोड १४ लाख ३८ हजार २७३ वटा बीमा पोलिसी बिक्री गरी कुल ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । जुन गत वर्षको भन्दा १९.८४ प्रतिशतले बढी हो ।

गत वर्ष कम्पनीहरुले ४१ अर्ब ८ करोड १ लाख रुपैयाँको व्यापार गरेका थिए । यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको बीमाशुल्क संकलन ७.२६ प्रतिशतले बढेको हो ।

गत वर्षको असोजसम्म कम्पनीले १० अर्ब १ करोड ९५ लाख रुपैयाँ संकलन गरेको थियो । इन्स्योरेन्सले १६ लाख ७४ हजार ६४१ बीमालेखमार्फत उक्त रकम संकलन गरेको हो ।

यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । इन्स्योरेन्सले १३ हजार ५८ हजार ७९८ बिमालेखमार्फत ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले संकलन गरेको यो रकम गत वर्षको सोही अवधिको भन्दा १५.९० प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले ४ अर्ब ९० करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

यस्तै, चालु आवको असोज मसान्तसम्म लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको भन्दा ८.९६ प्रतिशतले बढी हो ।
गत असोजसम्म कम्पनीले ४ अर्ब ५७ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । चालु आवमा एलआइसीले ६ लाख ९२ हजार ८०१ पोलिसी बिक्री गरेको छ ।

यस्तै, असोज मसान्तसम्म राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको भन्दा २२२.४९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज महिनामा कम्पनीले १ अर्ब ४० करोड ५३ लाख रुपैयाँ संकलन गरेको थियो । राष्ट्रिय बीमा कम्पनीले ५ लाख ९३ हजार २२९ बीमालेखबाट उक्त रकम संकलन गरेको हो ।

यता, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको भन्दा २.९० प्रतिशतले बढी हो । हिमालयन लाइफले गत वर्षको असोजसम्म ४ अर्ब ३१ करोड १२ लाख रुपैयाँ संकलन गरेको थियो ।

यस्ते, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको भन्दा १५.२७ प्रतिशतले बढी हो । सूर्यज्योति लाइफले गत आर्थिक वर्षको असोज मसान्तसम्म २ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ संकलन गरेको थियो । चालु आवको असोजसम्म इन्स्योरेन्सले कूल १६ हजार ८३१ बीमालेख संकलन गरेको छ ।

एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको भन्दा ११.४३ प्रतिशत बढी हो । एशियन लाइफले २ अर्ब ३ करोड ६८ लाख रुपैयाँ संकलन गरेको थियो ।
यता, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन गत वर्षको भन्दा २४.६८ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १ अर्ब ७४ करोड ७४ लाख रुपैयाँ संकलन गरेको थियो ।

सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । जुन गत आवको भन्दा १५.३८ प्रतिशतले बढी हो । १ अर्ब ५७ करोड २२ लाख रुपैयाँ संकलन गरेको थियो ।
यता, मेट लाइफले १ अर्ब ६६ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

मेट लाइफले संकलन गरेको बीमा शुल्क गत आवको भन्दा १५.४० प्रतिशतले बढी हो । मेट लाइफले गत आवमा १ अर्ब ४४ करोड १० लाख रुपैयाँ संकलन गरेको थियो ।

यस्तै, आइएमई लाइफले गत वर्षको भन्दा २४.८२ प्रतिशतले बढी अर्थात् कूल १ अर्ब ५१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आवको सोही अवधिमा इन्स्योरेन्सले १ अर्ब २१ करोड ४१ लाख रुपैयाँ संकलन गरेको थियो ।

यता, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ कमाएको छ । जुन गत आवको भन्दा २०.५८ प्रतिशतले बढी हो । गत आवमा इन्स्योरेन्सले १ अर्ब २० करोड ८० लाख रुपैयाँ कमाएको थियो ।

प्रभु महालक्ष्मी लाइफले गत आवको भन्दा १२.९३ प्रतिशतले बढी रकम संकलन गरेको छ । इन्स्योरेन्सले चालु आवमा १ अर्ब ४० करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ ।

यस्तै, सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो गत आवको भन्दा २.६३ प्रतिशतले बढी हो । गत आवमा इन्स्योरेन्सले ९३ करोड २७ लाख रुपैयाँ संकलन गरेको थियो ।

प्रकाशित मिति: २१ कार्तिक २०८२, शुक्रबार  ०६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।