नेपाल फाइनान्सको शेयर लिलामीको बोलपत्र खोल्न सुरु

0
Shares

नेपाल फाइनान्स (NFS) ले हकप्रदमा अवितरित भई लिलामी मार्फत बिक्री गरेको शेयरको पुस २८ गते मंगलबार गोप्य शिलबन्दी बोलपत्र खुला गर्न थालिएको छ । प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाण्डौंमा बिहान ११ः३० बजेदेखि बोलपत्र खुला गरिन थालिएको हो ।

फाइनान्सले शेयर पुस १७ गते देखि पुस २४ गतेसम्म २ लाख ५५ हजार ०७८ कित्ता संस्थापक शेयर र २ लाख ६० हजार १६५ कित्ता सर्वसाधारण शेयर लिलाम बढाबढमा बिक्रीमा लायँदै सर्वसाधारणबाट आवेदन मागेको थियो ।

फाइनान्सले गत मंसिर ४ गतेदेखि चुक्ता पूँजीको १२५ प्रतिशत बराबरको १६ लाख ९७ हजार ५०६ कित्ता हकप्रद शेयर बिक्री खुला गरेको थियो । जसमा बिक्री नभएको ५ लाख १५ हजार बढी कित्ता शेयर पुस १७ गतेदेखि पुस २४ गतेसम्म लिलामीमा ल्याएको थियो ।

सम्बन्धीत अन्य समाचारहरुः-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

 

 

प्रकाशित मिति: २८ पुस २०७७, मंगलबार  ११ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।