हाम्रो पात्रोद्वारा ‘घरमै फ्लु खोप सेवा’ शुभारम्भ


काठमाडौँ । नेपालको अग्रणी डिजिटल सेवा प्रदायक हाम्रो पात्रोले घरमै फ्लु (इन्फ्लुएन्जा) खोप सेवा औपचारिक रूपमा सुरु गरेको छ।

यस नयाँ सेवामार्फत प्रयोगकर्ताले प्रमाणित स्वास्थ्यकर्मीबाट आफ्नै घरमा सुरक्षित रूपमा खोप लगाउन सक्नेछन्। यो सेवा सर्वोनिदान क्लिनिक प्रा. लि.को समन्वयमा सञ्चालन हुनेछ।सहकार्यको उद्देश्य प्रयोगकर्तालाई अझ व्यवस्थित, विश्वसनीय र सहज स्वास्थ्य सेवा उपलब्ध गराउनु रहेको हाम्रो पात्रोले जनाएको छ।

लामो समयदेखि विशेषज्ञ डाक्टरहरूलाई आवद्ध गरेर अडियो तथा भिडियो कलमार्फत स्वास्थ्य परामर्श सेवा प्रदान गर्दै आएको हाम्रो पात्रोले अब घरमै खोप सेवा पनि थपेको हो।हाम्रो पात्रोका निर्देशक सुदिना गौतमका अनुसार, “हाम्रो प्राथमिकता नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउनु हो।

घरमै खोप सेवा सुरु गर्नु हाम्रो यही यात्राको अर्को महत्वपूर्ण कदम हो।” उनले थपिन्, “सर्वोनिदान क्लिनिकसँगको समन्वयले सेवा अझ सुरक्षित र चिकित्सकीय रूपमा व्यवस्थित बन्न मद्दत गरेको छ।”जाडो याम सुरु भएसँगै फ्लु संक्रमणको जोखिम बढ्ने भएकाले बृद्धबृद्धा, दीर्घरोगी तथा कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूका लागि समयमै खोप लगाउनु अत्यन्तै आवश्यक हुने गर्दछ। तर अस्पताल वा क्लिनिकसम्म पुग्न नसक्ने धेरै परिवारका लागि यो सेवा उपयोगी हुने अपेक्षा गरिएको छ।यस सेवामार्फत प्रयोगकर्ताले हाम्रो पात्रो एप प्रयोग गरी सहजै खोप सेवा बुक गर्न सक्छन्।

हाम्रो पात्रोले प्रदान गर्ने यो सेवा सुरक्षित, निजी तथा विश्वसनीय हुने बताइएको छ। कम्पनीले निकट भविष्यमा अन्य खोप तथा स्वास्थ्य सेवाहरू पनि क्रमशः विस्तार गर्ने योजना बनाएको जनाएको छ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १० : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।