नेपाल टेलिकमद्वारा ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक


काठमाडौँ । विद्यार्थी वर्गमा बढ्दो इन्टरनेटको मागलाई ध्यानमा राख्दै नेपाल टेलिकमले “एनटी फाइबर विद्यार्थी अफर” सञ्चालनमा ल्याएको छ। विसं २०५४ साल वा त्यसपछि जन्मिएका विद्यार्थीहरूका लागि ल्याइएको यस अफरको शुभारम्भ आज (२०८२ कात्तिक २३ गते) सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले गरे।

अफर अन्तर्गत विद्यार्थीहरूले करसहित ४ हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि प्राप्त गर्न सक्नेछन्। साथै, एक थान डुअल ब्यान्ड सीपीई र सय मिटर ड्रप फाइबर निःशुल्क उपलब्ध हुनेछ।

यो योजना २०८२ माघ २२ गतेसम्म लागू हुनेछ। विद्यार्थीहरूले १९८ मा सम्पर्क गरी डिमान्ड पोर्टल वा नजिकको टेलिकम कार्यालयमा आवेदन दिन सक्नेछन्।

नेपाल टेलिकमका अनुसार यस अफरले विद्यार्थीहरूलाई किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट पहुँच प्रदान गरी डिजिटल शिक्षामा योगदान गर्नेछ।

प्रकाशित मिति: २३ कार्तिक २०८२, आइतबार  १६ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।