सामसङ नेपालले ग्यालेक्सी बड्स३ एफई सार्वजनिक गरेको छ, जसले स्मार्ट सुविधा, उत्कृष्ट ध्वनि र आधुनिक डिजाइनलाई एकसाथ जोडेको छ। फ्ल्यागशिप स्तरका सुविधासहितका यी ट्रू–वायरलेस इयरबड्सले ग्यालेक्सी एआई र आइकोनिक “ब्लेड” डिजाइनमार्फत नयाँ अडियो अनुभव प्रदान गर्छन्।
बड्स३ एफई मा उन्नत एक्टिभ न्वाइज क्यान्सेलेसन (एएनसी), ठूलो स्पिकर र मेशिन लर्निङद्वारा समर्थित क्रिस्टल क्लियर कल प्रविधि समावेश छन्, जसले शोरयुक्त वातावरणमा पनि स्पष्ट ध्वनि र संचार सुनिश्चित गर्छ। साथै, ग्यालेक्सी इकोसिस्टमसँग सहज एकीकरण र अटो स्विच सुविधा मार्फत विभिन्न उपकरणबीच छिटो रूपान्तरण गर्न सकिन्छ।
सामसङ नेपालका एमएक्स डिभिजनका निर्देशक प्रणय रत्न स्थापितका अनुसार, “ग्यालेक्सी बड्स३ एफई ग्यालेक्सी एआई र स्मार्ट अडियोको अनुभवलाई अझ धेरै प्रयोगकर्तासम्म पुर्याउने प्रयास हो।”
ग्यालेक्सी बड्स३ एफई अहिले देशभरका सामसङ स्टोरहरूमा १९,९९९ रुपैयाँमा उपलब्ध छन्। साथै, हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडको सामसङ इन्स्टा फाइनान्समार्फत ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पनि प्राप्त गर्न सकिन्छ।












प्रतिक्रिया