इन्फिनिक्स ले ल्यायो नयाँ योजना: ठूला फोन, साना किस्ताबन्दीमा,शून्य प्रतिशत ब्याजमा


काठमाडौँ । इन्फिनिक्स नेपालले “ठूला फोन, साना किस्ताबन्दी” अभियान सुरु गर्दै स्मार्टफोन खरिदलाई अझ सहज र सुलभ बनाएको छ। यस योजनाअन्तर्गत ग्राहकहरूले इन्फिनिक्स का शक्तिशाली र आकर्षक फोनहरू अब शून्य प्रतिशत ब्याजमा किस्ताबन्दीमार्फत खरिद गर्न सक्नेछन्, कुनै पनि अतिरिक्त शुल्क बिना यो अफर सबै उपभोक्तासम्म प्रिमियम प्रविधि र डिजाइनलाई नजिक ल्याउने उद्देश्यले सुरु गरिएको हो।

गेम खेल्ने र कन्टेन्ट बनाउन मन पराउनेका लागि जीटी सिरिज, र दैनिक प्रयोगका लागि नोट ५०एस र हट ६० प्रो प्लस जस्ता मोडेल उपलब्ध छन्। यसले हरेक प्रयोगकर्तालाई आफ्नो आवश्यकता अनुसार उपयुक्त फोन रोज्न सजिलो बनाएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार  १० : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।