एमएडब्लू वृद्धि मोटर्सद्वारा इटहरीमा नयाँ नामी भिगो सार्वजनिक


इटहरी । डोंगफेंग नामी इलेक्ट्रिक भेहिकल्सका नेपालका लागि आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्स ले इटहरीमा भव्य समारोहका बीच नेपालको सबैभन्दा उन्नत स्मार्ट इलेक्ट्रिक एसयूभी नामी भिगो अनावरण गरेको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, सञ्चारकर्मी र स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो।

नामी भिगो डोंगफेंगको अत्याधुनिक क्वान्टम आर्किटेक्चर प्लेटफर्म मा आधारित मिड(साइज इलेक्ट्रिक एसयूभी हो, जसले बलियो डिजाइन, स्मार्ट प्रविधि र उत्कृष्ट प्रदर्शनका साथ नेपाली बजारमा नयाँ मापदण्ड स्थापित गरेको छ। यसको म्याजिक क्युब डिजाइन ले आधुनिक सौन्दर्य र एरोडाइनामिक संरचनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्छ।

यसमा रहेको ९९ किलोवाट मोटर ले शक्तिशाली ड्राइभिङ अनुभव प्रदान गर्छ। दुई ब्याट्री विकल्प उपलब्ध छन् — ४४.९४ किलोवाट आवर (डब्लुएलटीपी रेन्ज ३०० किलोमिटर) र ५१.८७ किलोवाट आवर (डब्लुएलटीपी रेन्ज ३५० किलोमिटर) ३सी अल्ट्रा फास्ट डीसी चार्जिङ (१६७ किलोवाट) प्रविधिबाट ब्याट्रीलाई ३० प्रतिशतदेखि ८० प्रतिशतसम्म मात्र १८ मिनेटमा चार्ज गर्न सकिन्छ।

यसमा लेभल २ एडास, ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रूज कन्ट्रोल, वायरलेस चार्जिङ, र मल्टी(मोड स्टेयरिङ जस्ता प्रिमियम फिचरहरू समावेश छन्। भित्री भागमा १२।८ इन्च टचस्क्रिन, भेन्टिलेटेड सिट, र पानोरेमिक मोनोरुफ उपलब्ध छन्।

नामी भिगो ई–टूको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ, र ई–टू प्लसको मूल्य ४१ लाख ९९ रुपैयाँ हजार निर्धारण गरिएको छ। विशेष प्रारम्भिक अफरअन्तर्गत क्रमशः ३७ लाख ९९ हजार रुपैयाँ र ४० लाख ९९ हजार रुपैयाँमा उपलब्ध हुनेछ।

एमएडब्लू वृद्धि मोटर्सका प्रमुख कार्यकारी अधिकृत प्रशन्न पन्तका अनुसार, “नामी ०१ का सफलतापछि भिगोले पावर, लक्जरी र बुद्धिमत्तालाई नयाँ उचाइमा पुर्‍याएको छ, आधुनिक नेपाली जीवनशैलीका लागि।”

इटहरी क्षेत्रमा सिर्जना मोटर्स नामीको अधिकृत डिलर रहनेछ। “बोल्ड एन्ड बिल्ट फर यू” डिजाइन थिममा आधारित नामी भिगो नेपाली इलेक्ट्रिक मोबिलिटीको भविष्यको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार  ११ : २४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।