कुमारी र प्राइम बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही


काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा दुई वटा वाणिज्य बैंकलाई राष्ट्र बैंकले कारबाही गरेको छ ।

साउनदेखि असोजसम्मको अवधिमा कुमारी बैंक र प्राइम कमर्सियल बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेका हुन् ।

कालो सूचीमा रहेको खातामा रकम जम्मा गर्ने बाहेक कुनै पनि बैंकिङ कारोबार गर्न नपाइने भएपनि कुमारी बैंकले यस्तो गरेपछि सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ ।

कालोसूचीमा रहेका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्थाले त्यस्तो सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न नपाउने व्यवस्था छ।

प्राइम बैंकलाई भने कर्जाको भाका नाघेको अवधिको आधारमा वर्गीकरण नगरेका, केही कर्जाहरुलाई कर्जा बक्यौता अवधिको आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाहरुको जोखिम भार गणना नियम अनुसार नगरेको भन्दै सचेत गराइएको हो।

प्रकाशित मिति: २४ कार्तिक २०८२, सोमबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।