काठमाडौँ । साहस उर्जा कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको २१ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १.१०५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
कात्तिक २४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात उक्त दरमा लाभांश वितरण गरिनेछ।
त्यसैगरी, गत वर्षको साधारण सभाले पारित गरेको १ बराबर १ हकप्रद शेयर जारी गर्ने निणर्य संशोधन गरी हाल घोषणा भएको बोनस पछि कायम हुने चुक्ता पूँजीको शतप्रशत हकप्रद जारी गर्ने निर्णय पनि उक्त बैठकले गरेको छ।










प्रतिक्रिया