जीडब्लुएम नेपालले नयाँ ट्याङ्क सिरिज सार्वजनिक गर्‍यो


काठमाडौँ । जीडब्लुएम नेपालले आफ्ना नयाँ मोडेलहरू ट्याङ्क ३०० एचइभी र ट्याङ्क ५०० पीएचइभी औपचारिक रूपमा सार्वजनिक गरेको छ। यी मोडेलहरूले नेपालको प्रिमियम एसयूभी बजारमा नयाँ युगको सुरुवात गरेका छन्। लक्जरी, दमदार प्रदर्शन र अफ–रोड क्षमताको संयोजनसहित आएको ट्याङ्क सिरिज नेपाली यात्रुका लागि नयाँ अनुभवको प्रतीक बनेको छ।

सन् २०२१ मा चीनमा पहिलो पटक प्रस्तुत गरिएको ट्याङ्क ब्रान्ड हाल इन्डोनेसिया, थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया लगायत विभिन्न मुलुकमा लोकप्रिय भइसकेको छ। चार लाखभन्दा बढी बिक्री गरिसकेको यो ब्रान्ड अफ–रोड प्रेमीहरूबीच विश्वभर नयाँ रोजाइको रूपमा स्थापित भइसकेको छ। नेपालमा यसको आगमनले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, अफ–रोड संस्कृतिको नयाँ अध्याय पनि सुरु गरेको छ।

ट्याङ्क सिरिजमा उन्नत फोर–ह्वील ड्राइभ प्रणाली, टर्बो चार्ज इन्जिन र विद्युतीय मोटरको संयोजनमार्फत शक्तिशाली टर्क र इन्धन दक्षता प्रदान गर्ने हाइब्रिड प्रविधि समावेश गरिएको छ। आधुनिक डिजिटल इन्टेरियर, एडिएएस, तीन सय साठी डिग्री क्यामेरा र बुद्धिमान ड्राइभ सहायक प्रणालीजस्ता सुरक्षा र स्मार्ट विशेषताले यसलाई अझ आकर्षक बनाएका छन्।

ट्याङ्क ३०० मा २ लिटर टर्बो पेट्रोल हाइब्रिड इन्जिन प्रयोग गरिएको छ, जसले तीन सय इक्याउन्न पीएस पावर र छ सय अठचालीस एनएम टर्क प्रदान गर्छ। ट्याङ्क ५०० पीएचइभीमा ४ सय ८ पीएस पावर र ७ सय ५० एनएम टर्क क्षमतासहितको संयोजन उपलब्ध छ। यी दमदार एसयूभीहरू अब नेपालभरका जीडब्लुएम शोरुमहरूमा बिक्रीका लागि उपलब्ध छन्।

प्रकाशित मिति: २५ कार्तिक २०८२, मंगलबार  १४ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।