काठमाडौँ । निवर्तमान आईजीपी चन्द्रकुवेर खापुङलाई विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाइएको छ ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै २३ र २४ भदौको घटनाका बारेमा छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ निकाल्दै विदेश भ्रमण र उपत्यका छाड्न रोक लगाएको जनाएको हो ।
आयोगका प्रवक्ता विज्ञानराज शर्माले जारी गरेको सूचनामा उल्लेख गरिएको छ, ‘आजबाट सेवा निवृत्त हुनु भएकाले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई जाँचबुझ तथा छानबिनका लागि कुनै पनि समयमा यस आयोगमा उपस्थित हुनुपर्ने हुँदा आजैदेखि लागु हुनेगरी निजको विदेश भ्रमणमा रोक लगाउने र आयोगको स्वीकृती बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्नका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’






प्रतिक्रिया