१० वाणिज्य बैंकले घटाए ब्याजदर, कुन बैंकको ब्याजदर कति?


काठमाडौं । मंसिर महिनाका लागि १० वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । १० बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

कात्तिक महिनाको तुलनामा मंसिर महिनामा बैंकहरुको औषत ब्याजदर घटेको छ। व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम औषत ब्याजदर, कात्तिक महिनाको तुलनामा मंसिर महिनामा ०.१६ प्रतिशतविन्दुले घटेको छ। कात्तिकमा बैंकहरुले औषतमा ५.२० प्रतिशतविन्दुका दरले ब्याज दिएका थिए। मंसिरमा भने सो घटेर ५.०४ प्रतिशत विन्दुमा झरेको छ। त्यस्तै, संस्थागत मुद्दती निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा ०.०७ प्रतिशत विन्दुले घटाएका छन्।

व्यक्तिगत मुद्दती निक्षेपमा मंसिर महिनामा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंकले दिने भएको छ। सो बैंकले अधिकतममा ६ प्रतिशतसम्म ब्याज दिनेछ। सबैभन्दा कम ब्याज भने स्ट्याण्डर्ड चार्टर्ड बैंकल दिनेछ। उक्त बैंकले अधिकतममा ४.७ प्रतिशत ब्याज दिने भएको छ।

एनआईसी एशिया, सिद्धार्थ, हिमालयन, स्ट्याण्डर्ड चार्टर्ड, प्राइम कमर्सियल, सिटिजन्स, नबिल, नेपाल एसबिआई, सानिमा र कुमारी बैंकले मंसिर महिनाका लागि यस्तो निक्षेपको अधिकतम ब्याजदर घटाएका हुन्। बाँकी १० बैंकहरुले भने कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन्।

एनआईसी एशिया बैंकले कात्तिकको तुलनामा ०.७५ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ । मंसिर महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा एनआईसी एशियाले अधिकतममा ५.७५ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि घटाएको छ।

Interest Rate of Commercial Banks for Mangsir 2082
S.No. Commercial Banks Max. Interest Rate as of Kartik Max. Interest Rate as of Mangsir Difference
Individual Institutional Individual Institutional Individual Institutional
1 Standard Chartered Bank 5 2.75 4.7 2.75 -0.3 0
2 Nabil Bank 4.95 3.92 4.75 3.75 -0.2 -0.17
3 Prime Commercial Bank 5 2.75 4.75 2.75 -0.25 0
4 Citizens Bank International 5 3 4.75 3 -0.25 0
5 Nepal SBI Bank 5 4 4.8 3.8 -0.2 -0.2
6 Kumari Bank 5.01 4.01 4.91 4.01 -0.1 0
7 Prabhu Bank 4.95 2.75 4.95 2.75 0 0
8 Agriculture Development Bank 4.95 2.75 4.95 2.75 0 0
9 Nepal Investment Mega Bank 5 4.25 5 4 0 -0.25
10 Machhapuchchhre Bank 5 3 5 3 0 0
11 NMB Bank 5 4 5 4 0 0
12 Laxmi Sunrise Bank 5 4 5 4 0 0
13 Everest Bank 5 4 5 4 0 0
14 Sanima Bank 5.15 3.4 5 3.3 -0.15 -0.1
15 Siddhartha Bank 5.5 4 5 3.5 -0.5 -0.5
16 NIC Asia Bank 5.75 4.5 5 4 -0.75 -0.5
17 Nepal Bank 5.25 3.25 5.25 3.25 0 0
18 Rastriya Banijya Bank 5.5 4 5.5 4 0 0
19 Himalayan Bank 6 4.5 5.5 4.25 -0.5 -0.25
20 Global IME Bank 6 4.25 6 4.25 0 0

 

 

प्रकाशित मिति: ३० कार्तिक २०८२, आइतबार  १० : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।