नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तिर्यो सबैभन्दा बढी कर


काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी कर तिरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा सबैभन्दा बढी आयकर तिरेबापत बैंकलाई सम्मान गरेको हो ।बैंक, वित्तीय संस्था र बीमाको कारोबार गर्ने मध्येबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक छनौटमा परेको हो ।

एकलौटी फर्म तर्फ थर्ड आइ इन्टरनेसनल सम्मानित भएको छ भने वस्तुगत आयकरतर्फ डाबर नेपाल र सूचना–प्रविधितर्फ भेरिक्स नेपाल प्रालि सम्मानित भएका छन् । निर्यात कारोबारतर्फ डाबर नेपाल प्रालि, कृषिरपशुजन्यतर्फ पोषक ब्रिडर सम्मानित भएका छन् ।

यता, स्वास्थ्यरशिक्षातर्फ नोबेल मेडिकल कलेज र पर्यटनतर्फ सोल्टी होटल, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, मध्यस्तरीय करदातातर्फ सीडीएस एण्ड क्लियरिङ लिमिटेड, ऊर्जातर्फ भोटेकोशी पावर कम्पनी, रेमिट्यान्सतर्फ आईएमई सम्मानित भएका छन् ।

सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रुपमा व्यवसायी राजबहादुर शाह सम्मानित भएका छन् । व्यक्तिगत आयकरमा शाह र समयमै कर तिर्ने कम्पनीका रुपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड सम्मानित भएका हुन् ।

५० करोडभन्दा बढी कारोबार गर्ने कम्पनीमा भीएफ सर्भिसेज र विशेष उद्योगका रुपमा युनिलिभर नेपाल सम्मानित भएका छन् । अर्थमन्त्री रामेश्वर खनालले आव २०८०/८१ मा धेरै कर तिरेर सम्मानित व्यक्ति, संस्था तथा निकायहरुलाई सम्मानपत्र प्रदान गरेका छन् ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  ०९ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।