नेवानिका जहाज अब भैरहवा ‘डाइभर्ट’ हुने


काठमाडौँ। नेपाल वायुसेवा निगमले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउने भएको छ । अन्तर्राष्ट्रिय उडानका जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विभिन्न कारणले अवतरण हुन नसक्दा अब गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण हुने भएको हो ।

निगमले त्यस्तो अवस्थामा हाल भारतको विमानस्थललाई आधार गरी उडान परिवर्तन गर्ने गरेको थियो । नयाँ व्यवस्था मङ्सिर ३ गतेदेखि लागु हुने जनाइएको छ ।

यसरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई वैकल्पिक विमानस्थल बनाउँदा उल्लेखनीय खर्च कटौती भई समयको बचत हुने विश्वास निगमले लिएको छ । यस्तै, पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई समेत वैकल्पिक विमानस्थल बनाई प्रयोग गर्नका लागि आवश्यक अध्ययनको प्रक्रिया थालनी गर्ने बताइएको छ ।

प्रकाशित मिति: २ मंसिर २०८२, मंगलबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।