निर्धन उत्थानले ७ प्रतिशत व्याजदरमा १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने


काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ। लघुवित्तले ७ प्रतिशत ब्याजदरमा सुरक्षण नराखिएको १ अर्बको सहायक आवधिक ऋणपत्र स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने भएको हो ।

लघुवित्तको मंसिर ४ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो। नेपाल राष्ट्र बैंक तथा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि सो ऋणपत्र जारी गरिनेछ।

प्रकाशित मिति: ७ मंसिर २०८२, आइतबार  १३ : ०४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।