शेयर बेचेर कम्तिमा आधा अर्ब जुटाउने एनआईसी एशियाको योजना के होला ?

0
Shares

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको विभिन्न कम्पनीको शेयर बेचेर कम्तिमा आधा अर्ब रुपैयाँ जुटाउने कोशिस गरेको छ। तर बैंकले पटक पटक शेयर लिलामीमा राखे पनि बिक्री हुन सकेको छैन् ।

पछिल्लो पटक बैंकले मूल्य घटाएर चार कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । जसमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले यसअघि बिक्रीमा ल्याइसकेको सबै शेयर बिक्री नभएपछि पुस २७ गतेदेखी पुन बिक्रीमा ल्याएको हो । यसअघि बैंकले गत पुस १९ गते आइतबारबाट पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेगरी शेयर लिलामीमा राखेको थियो ।

बैंकले नागरिक लगानी कोषको २ लाख ०२ हजार ५६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १ लाख ०२ हजार ८६६ कित्ता, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको १ लाख २८ हजार २९० कित्ता र सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ८९ हजार ६६४ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

बैंकले नागरिक लगानी कोषको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ५३० रुपैयाँ तोकेको छ । यसअघि १ हजार ७१५ रुपैयाँमा बिक्रीमा राखेको थियो ।

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको ५०८ रुपैयाँमा झारेको छ । यसअघि ५५० रुपैयाँ तोकेको थियो । यस्तै एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको ४३३ राखेको छ । अघिल्लो पटक ४६९ रुपैयाँमा बिक्रीमा राखेको थियो । यस्तै सूर्या लाईफ इन्स्योरेन्सको ३५० रुपैयाँ तोकेको छ । सूर्या लाइफको मूल्य भने प्रतिकित्ता १३ रुपैयाँ बढाएको छ ।

बैंकले न्यूनतम मूल्यमा नै यी बैंकको शेयरहरु बिक्री गर्न सकेमा कम्तिमा ४८ करोड ४१ लाख रुपैयाँ आम्दानी गर्नेछ ।

शेयर खरिद गर्न ईच्छुक शेयरधनीले एनआईसी क्यापिटल बबरमहल काठमाण्डौं, एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर थापाथली, विराटनगर ३ मोरङ्ग, आदर्शनगर वीरगंज पर्सा, महेन्द्र पुल पोखरा, श्रवनपथ वुटवल, हस्पिटल लाइन धनगढी, र विरेन्द्रचोक सुर्खेतबाट बोलपत्र आवेदन फारम प्राप्त गर्न र आवेदन दिन सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।