इन्फिनिटी लघुवित्तको खुद नाफा २१४ प्रतिशत बढ्यो

0
Shares

इन्फिनिटी लघुवित्त वित्तीय संस्था गत आर्थिक वर्षको चौथो त्रैमासमा ३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करोड १३ लाख खुद नाफा आर्जन गरेको थियो ।

संस्थाले अघिल्लो वर्षको तुलनामा २१३.९४ प्रतिशतले नाफा बढाएको छ । व्यवसाय विस्तार गरेको कम्पनीको आम्दानीमा सुधार आएको छ । संस्थाको सञ्चालन मुनाफा ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ ।

५१ करोड निक्षेप संकलन गरको संस्थाले समीक्षा अवधिमा ७९ करोड ६९ लाख रुपैयाँ सापटी लिई १ अर्ब ४६ करोड ऋण प्रवाह गरेको छ । जसबाट कम्पनीले ९ करोड २३ लाख ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षमा ३ करोड ३८ लाखमा सीमित थियो ।

समीक्षा अवधिमा संस्थाको चुक्ता पुँजी २० करोड ७५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाको चुक्ता पुँजी १४ करोड थियो । आईपिओ बिक्री गरेर कम्पनीले पूँजी बढाएको हो । जसको जगेडा कोषमा ४ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको प्रतिसेयर आम्दानी १८.०९ रुपैयाँ, मूल्य आम्दानी अनुपात २०.८४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२०.५६ रुपैयाँ छ ।