लक्ष्मी ई–मोबिलिटीले पोखरामा खोल्यो फोर्थिङको शोरुम


नेपालमा केई र फोर्थिङ इलेक्ट्रिक सवारीसाधनका अधिकृत वितरक लक्ष्मी ई–मोबिलिटी ले केई र फोर्थिङ इभी शोरुमको उद्घाटन गरेको छ । नयाँ शो–रुम २०८२ मंसिर ८ गते, सोमबार, पोखराको बुद्धचोकमा औपचारिक रूपमा सञ्चालनमा आएको हो । यस उद्घाटनसँगै यी ब्राण्डहरूले पश्चिम क्षेत्रमै आफ्नो उपस्थितिलाई विस्तार गर्दै आधुनिक, दिगो र भविष्यमुखी इलेक्ट्रिक सवारीसाधनहरूलाई ग्राहकहरूसम्म अझ नजिक बनाएको कम्पनीले जनाएको छ ।

उद्घाटनको अवसरमा, कम्पनीले विशेष अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत आकर्षक नगद सुविधा, विशेष बोस इलेक्ट्रोनिक अप्लायन्सेस, एक वर्षको निःशुल्क अटो प्लस बीमा तथा रोड–ट्याक्स प्याकेज, साथै प्रत्येक बुकिङका लागि एक रातको आकर्षक स्टे–प्याकेज समावेश छन् । नयाँ शो–रुमले पोखराका इभी प्रेमीहरूलाई उच्चस्तरीय खरिद अनुभव दिन लक्ष्य राखेको छ, साथै दिगो र वातावरणमैत्री गतिशीलताप्रति कम्पनीको प्रतिबद्धता सुदृढ बनाउने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दिगो यातायात प्रवर्द्धन गर्ने उद्देश्यले, लक्ष्मी ग्रुपले देशभर आरइ ल्याक्स रिचार्ज नेटवर्क मार्फत ६३ भन्दा बढी चार्जिङ र रिपेयर स्टेशनको सञ्जाल विस्तार गरिसकेको विज्ञप्तिमा उल्लेख छ । जसले ग्राहकलाई सहज इभी चार्जिङ तथा सेवा सुविधा उपलब्ध गराउँदै इभी पूर्वाधारलाई अझ सुदृढ बनाएको कम्पनीको विश्वास छ ।

बुद्धचोकस्थित केई र फोर्थिङ शो–रुमको उद्घाटनले प्रदेशमा बढ्दै गएको इभी मागलाई ध्यानमा राख्दै ग्राहकलाई थप नजिक र सुविधाजनक सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमको रूपमा योगदान पुर्‍याएको कम्पनीको भनाई छ । लक्ष्मी ई–मोबिलिटीले सबै इच्छुक ग्राहकहरूलाई नयाँ सुविधा अवलोकन गर्न र नेपालको इलेक्ट्रिक मोबिलिटीको नयाँ अध्याय अनुभव गर्न निमन्त्रणा समेत गरेको छ ।

प्रकाशित मिति: ८ मंसिर २०८२, सोमबार  १८ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।